पुस्तक र समयरुपान्तरणको जीवन्त कथा : ‘जेठी’

आज रुपान्तरणका नक्कली कुरा धेरै उठ्छन् । उठाइन्छन् । सामान्यतया रुपान्तरण भनेको परिवर्तन हो । एक अवस्थाबाट अर्को अवस्थामा हुने परिवर्तन नै रुपान्तरण हो । प्रकृया पुगेर परिवर्तन भएको अवस्था रुपान्तरण हो ।

बजार रुपान्तरणकै छ । समय तिनकै छ । युग तिनकै छ । राप तिनकै छ । ताप तिनकै छ । प्रकाश तिनकै छ । सूर्योदय तिनकै छ । सूर्यास्त तिनकै छ । जुनेली रात तिनकै छ । माटाका कण तिनकै छन् । अकासका आयतन तिनकै छन् । सबै खाले क्ष्तििज पनि तिनकै छन् ।

त्यही भएर त रुपान्तरणको नक्कली कुरा गर्नेहरुको दीन खुलेको छ । गल्ला खुलेको छ । अनि फिट पनि तिनै । चुनाउमा जित्ने पनि तिनै । सिंहदरबार छिर्ने पनि तिनै । मन्त्री बन्ने पनि तिनै । जम्बो टोली लिएर राज्यको पैसामा संसार भ्रमण गर्ने पनि तिनै ।

तर पुण्यप्रसाद खरेलको उपन्यास ‘जेठी’ (२०८०), माथि बर्णन गरिएकाहरुको जस्तो नक्कली रुपान्तरणको कथा होइन । यो सक्कली रुपान्तरणको कथा हो । यो साँच्चो परिवर्तनको कथा हो । यो जीवन्त रुपान्तरणको कथा हो । यो अमर रुपान्तराणको कथा हो । यस अघि नै पुण्यप्रसाद खरेलका ३ वटा उपन्यास (दोसाँधको घाम २०६३, त्रिवेणी आमा २०६७, झापाली गर्जन् २०७३) प्रकाशित भइसकेका छन् । २ वटा कविता सङ्ग्रह, ३ वटा कथासङ्ग्रह, ७ वटा निबन्धसङ्ग्रह प्रकाशित भइसकेका छन् ।

प्रकृतिको नियम हो, हर क्षण भिन्न रुप र गुण लिएर आएको हुन्छ । हिजोको साँझ र आजको साँझ एउटै पनि होइन, र उस्तै पनि होइन । हिजोको विहान र आजको विहान एउटै पनि होइन र उस्तै पनि होइन । न त भोलिको विहान हिजो र आजको जस्तै हो । त्यो फरक हुन्छ । अनुभूतिमा फरक हुन्छ । त्यसको अभिव्यञ्जना फरक हुन्छ । त्यसको आयाम फरक हुन्छ । त्यसको प्रभाव फरक हुन्छ । र रङ्ग फरक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित लेख

प्रकाशन

थप