रोकिन्न कावेली

By


About Book

विशेषगरी मजस्तै कविताहरूको सङ्ग्रह हो ‘रोकिन्न कावेली’ । मलाई कोरीबाटी, तेल, जेल, पाउडर आदिले चिरिच्याँट्ट परिरहन मन लाग्दैन । मेरो रूप प्रधान हो भन्ने लाग्दैन मलाई । विचार र कलात्मकताले कुँदिएका कविता नै यथार्थमा उम्दा कविता हुन् भन्ने त म मान्छु नै । जोसुकैले त्यस्ता उम्दा कविता लेख्न सक्तैनन् । कसैका कवितामा कलापक्ष राम्रो हुन्छ र विचारपक्ष दुर्बल हुन्छ भने कसैका कवितामा विचार पक्ष दह्रो हन्छ तर कलापक्ष दुर्बल हुन्छ । कला पनि र विचार पनि दुबै पक्षमा दुर्बल कविता त झुर् कविता हुन्छ नै । तर म विचार पक्ष दह्रै छ र कलापक्ष अलिक कमजोर छ भने पनि कविता राम्रै मान्छु । सायद मेरा कविताहरू त्यस्तै होलान् ।

म अलिक मुलुकको राजनीतिक परिस्थितिले पिरोलिँदा कविता लेख्न पुग्छु । मानिसको जीवनआदर्शका कुराले त्यति छुँदैन । सामाजिक विषयवस्तु नै मेरा कविताका विषयवस्तु बन्छन् । त्यसैले मेरा कविताहरू मजस्तै छन् र यो सङ्ग्रह मेरा कविताहरूको सङ्ग्रह हो ।

प्रतिक्रिया

अन्य पुस्तक