झापाली गर्जन

By


About Book

यो पुस्तकको नामले पनि नेपालको वाम आन्दोलनमा चर्चित ‘झापा सङ्घर्ष’लाई सङ्केत गर्छ कि ? यथार्थमा नेपालको कम्निस्ट आन्दोलनको इतिहासमा २०२८÷२९को झापामा मच्चिएको सामन्तविरोधी रक्तपातपूर्ण संघर्ष एउटा नबुझी नहुने घटना नै हो ।

यस उपन्यासले त्यस संघर्षको पृष्ठभूमि, थिचिएका चुसिएका श्रमजीवी जनताको अति नै शोषित दमित स्थिति र त्यसविरुद्धको विद्रोहको हुङ्कार जुन भयो त्यसको यथार्थ चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । चीनमा त्यतिबेला भएको चर्चित सांस्कृतिक क्रान्ति, पश्चिम बङ्गालको नक्सलमा मच्चिएको ‘वसन्तको मेघ गर्जन’ भनिने चारु मजुम्दारको अगुवाइको सशक्त संघर्षको प्रभाव, नेपालमा शोषित पीडितका पक्षधर भनिने कम्निस्टहरूको लुलो उपस्थितिविरुद्ध नवयुवाहरूको जोशपूर्ण हस्तक्षेपलाई उपन्यासमा लिपिवद्ध गर्ने प्रयास भएको हो । लाग्छ यसले झापा सङ्घर्षको राम्रै चित्र प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

अन्य पुस्तक