अघिल्ला कथा सङ्ग्रहकै झैं कथाहरूकै बिटो हो यो पनि । तर यसमा यसको नामले सङ्केत गरेझैं बढी नेपालको द्वन्द्वकालका अनेक थरी भुक्तमान तथा बिझाउने घटनाहरूको चित्रण भएका कथा छन् । यो द्वन्द्वकालमा विद्रोही सेना र सरकारी सेनाको दोहोरो झम्टाइमा कसरी सर्वसाधारण पर्थे, विद्यालयहरू पर्थे, विद्रोहीले सर्वसाधारणमा गर्ने न्यायको शैली कस्तो थियो ?
आम जनमानसमा विद्रोहीको छाप कस्तोकस्तो परेको थियो ? इत्यादि विषयमा यस सङ्ग्रहका कथाहरूले बोलेका छन् ।
प्रतिक्रिया