मताने साइँलो

By


About Book

पुनर्वहालीकै झैं उद्देश्यमा केन्द्रित भई लेखिएका भिन्न १७ वटा कथाहरूको बिटो हो यो ‘मताने साइँलो’ पनि । यसमा निर्मम शोषण र त्यसको प्रतिरोधका कुरा, जातीय विभेद र त्यसविरुद्ध विद्रोहका कुरा पनि पढ्न पाइन्छ । तराईमूलका मानिसलाई पहाडेमूलका मानिसले हेप्ने र उनीहरूका मनमा विद्रोह जाग्ने कुरा पनि यसमा पढ्न पाइन्छ । अन्यायपूर्ण व्यवस्था परिवर्तनका लागि लागेका सचेत व्यक्तिका अनुभव अनुभूति पनि कथाको रूपमा पढ्न पाइन्छ । प्रजातन्त्र प्राप्त भइसकेपछिका नेताहरू पनि पहिले निरङ्कुशकालकै झैं घुसखोरी, कमिशनखोरीमा लागेको र तिनले भोग्नु परेका कुरा पनि यहाँ पढ्न पाइन्छ । यस्तै सामयिक बिब्ल्याँटा कुराहरू देखाउन र तीविरुद्ध सचेतना जगाउन लेखिएका कथाहरू यस बिटोमा छन् ।

प्रतिक्रिया

अन्य पुस्तक