जन्मसो मनाउने नै हो भने कसरी मनाउने ?
अहिलेको फेसवुकले व्याप्ति पाएको बेलामा फेसवुक नचलाउने त निराक्षर जत्तिकै भइन्छ । त्यसैले म पनि फेसवुक चलाउँछु । फेसवुकमा मैले दुई वटा ‘कमेन्ट’ त्यहाँ हाल्न तयार गरेर राखेको छु–एउटा हो, ‘जन्मदिनको उपलक्ष्यमा हर्कबढाईंका साथ हार्दिक शुभकामना !’ र अर्को हो–‘भावपूर्ण श्रद्धाञ्जलि ।’ हुन पनि फेसवुक खोल्यो कि त्यहाँ मुख्यगरी दुई कुराको रेलोमा फँसिहालिन्छ । कि […]